Thursday, December 8, 2016

आमा

आमा सृष्टि, आमा सृजना
सन्तानका लागी ईश्वर
मेरो आस्था, मेरो आशिष्, मेरो आमा

आमा स्नेह, आमा प्रेम
सन्तानका लागी सामिप्यता
मेरो जीवन, मेरो  प्रेम, मेरो आमा

आमा कथाकार, आमा कलाकार
सन्तानका लागी सागर
मेरो गीत, मेरो सङ्गीत, मेरो आमा

आमा  बल, आमा बलिदान
सन्तानका लागी परिणाम
मेरो भाव, मेरो  प्रभाव, मेरो आमा

आमा काम, आमा कामना
सन्तानका लागी आशिष्
मेरो भाग्य, मेरो  भरोसा, मेरो आमा

आमा सम्मान, आमा सम्वृद्धि
सन्तानका लागी समाधान
मेरो हासो, मेरो खुसी, मेरो आमा

आमा प्रस्तावक, आमा प्रायोजक
सन्तानका लागी प्रायस्चित
मेरो चन्द्र, मेरो सुर्य, मेरो आमा

आमा संरक्षक, आमा समर्थन
सन्तानका लागी परमेश्वरिय आशिष्
मेरो हृदय, मेरो प्राण, मेरो आमा


No comments:

Post a Comment

Translate

Wikipedia

Search results